• १० मंसिर २०८२, बुधबार

स्ववियु परिषद् राष्ट्रिय महाधिवेशनमा जुट्यो नेवि सङ्घ

blog

काठमाडौँ, मङ्सिर १० गते  । नेपाल विद्यार्थी सङ्घ साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । स्ववियु परिषद् नेपालको राष्ट्रिय महाधिवेशन मङ्सिर ११, १२ र १३ गते हुँदैछ । 

स्ववियु परिषद् नेपाल राष्ट्रिय महाधिवेशन व्यवस्थापन समितिका संयोजक राज थेबेले स्वतन्त्र विद्यार्थी युनियनमा नेवि सङ्घका तर्फबाट विश्वविद्यालय क्याम्पस, विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पस, कलेज एवं सामुदायिक क्याम्पस, कलेजमा निर्वाचित स्ववियु अध्यक्ष, पदाधिकारी एवं सदस्यको प्रतिनिधिमूलक संस्थाको राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँका अनुसार नेपाल विद्यार्थी सङ्घका तर्फबाट १४३ सभापति र ३३२ वटा क्याम्पसमा प्रतिनिधित्व रहेको छ । उहाँले भन्नुभयो, “साथै समानुपातिक प्रतिनिधित्व पनि हुने भएकाले एक हजार १०० देखि एक हजार ५०० प्रतिनिधि महाधिवेशनमा सहभागी गराउने लक्ष्य राखिएको छ ।”

संयोजक थेबेले राष्ट्रिय महाधिवेशनले जेनजी आन्दोलनको भावना र मर्मलाई आत्मसाथ गर्दै विद्यार्थीका हकअधिकार स्थापित गर्नका लागि नवीनतम् अवधारणा तयार पार्ने बताउनुभयो ।