• ७ जेठ २०८१, सोमबार

बालिका बलात्कारका आरोपीत विरुद्ध उजुरी

blog

इनरुवा समाचारदाता 

इनरुवा, असार २३ गते । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राई विरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रलोभन देखाएर बलात्कार गरेकोले आफू पीडित भएको भन्दै बालिकाले परिवारलाई बताएपछि न्यायका लागि प्रहरीमा उजरी दिएको पीडित पक्षले बताएको छ । पीडितको उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जनाएको छ ।