• १० मंसिर २०८२, बुधबार

सभा हल निर्माण अन्तिम चरणमा

blog

घोराही समाचारदाता

घोराही, मङ्सिर १० गते । दाङको लमहीमा निर्माण हुन थालेको सभा हल अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५, रातोडाँडामो सुविधासम्पन्न सभा हल निर्माणको अन्तिम चरणमा पुगेको हो । करिव पाँच सय जना मानिस अट्ने सुविधासम्पन्न सभा हल तीन वर्षअघि निर्माण सुरु भएको थियो ।

 सघन सहरी तथा भवन निर्माण आयोजना दाङका सूचना अधिकारी मिलन अर्यालले अहिले सभाहलको स्ट्रक्चर निर्माणसँगै प्लास्टर गर्ने र ट्रस्ट राख्ने काम सकेर अहिले सभा हलमा सिट राख्ने, रङरोगन, वायरिङ, एसी जडान, साउन्ड सिस्टम जडानलगायतका काम भइरहेको जानकारी दिनुभएको छ । सूचना अधिकारी अर्यालले आउने चैत मसान्तसम्म सभा हल निर्माणको काम सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।