मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, मङ्सिर १० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
गत २० साउनमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले मङ्गलबार दिउँसो पत्रकार सम्मेलनमार्फत आफ्नो नेतृत्वको सरकारले सम्पन्न गरेका प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तपश्चात् भ्रष्टाचारमुक्त, सुशासनयुक्त, जवाफदेही, उत्तरदायी र पारदर्शी समाजको निर्माण गर्ने सरकारको प्रमुख वाचा अनुरूप प्रदेश सरकारले काम कारबाही अगाडि बढाएको उहाँले दाबी गर्नुभयो ।
प्रदेश सरकारका सबै विभागीय मन्त्रालयबाट चुस्त दुरुस्त रूपमा कार्य भइरहेको र चालु आर्थिक वर्षका स्वीकृत कार्यव्रmम तथा बजेटको कार्यान्वयनका लागि वार्षिक योजना तर्जुमा भई कार्यान्वयनमा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले यस अवधिसम्ममा कुल अनुमानको १६.६५ राजस्व सङ्कलन गरेको तथा कुल अनुमानको ७.२४५ बजेट खर्च गरेको उहाँले सार्वजनिक गर्नुभएको प्रगति विवरणमा उल्लेख छ ।
बानियाँको नेतृत्वमा सरकार गठन भएपश्चात् बागमती प्रदेशमा छ वटा मन्त्रीपरिषद्को बैठक बसी ४७ वटा महìवपूर्ण निर्णय गरिएका छन् । उक्त बैठकबाट स्वीकृत भएको प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना गर्नेसम्बन्धी सङ्कल्प प्रस्तावको कार्यान्वयनार्थ उच्चस्तरीय पुनर्संरचना निर्देशन समिति गठन गरी कार्य अगाडि बढाइएको मुख्यमन्त्री बानियाँले बताउनुभयो ।
उपलब्धि विवरणमा उल्लेख भए अनुसार स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने १० जना विपन्न र सीमान्तकृत परिवारका जेहेनदार विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गराउन कार्यविधि निर्माण गर्ने कार्य सुरु गरिएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यव्रmम र बजेट कार्यान्वयन गर्नका लागि विभिन्न मन्त्रालय अन्तर्गत ५०४ वटा अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । प्रदेश सरकारले यस अवधिमा प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ (संशोधन २०८२), मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ (संशोधन २०८२) र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ (संशोधन २०८२) लाई संशोधन गरेको छ ।
प्रदेश सरकारले यस अवधिमा मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि स्थानीय तहलाई दुई करोड ३० लाख रुपियाँ उपलब्ध गराएको छ । आन्दोलनका व्रmममा जलेका प्रहरीका सवारीसाधन खरिदका लागि दुई करोड ७५ लाख ४० हजार रुपियाँ काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयलाई अख्तियारी प्रदान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारले यो अवधिमा ११.५ किलोमिटर सडक कालोपत्रे, ६.७४ किलोमिटर सडक ढलान, पाँच किलोमिटर सडक ग्राभेल, पाँच सडक पुल निर्माण तथा १९२.५ किलोमिटर सडक मर्मतसम्भार कार्यसम्पन्न गरेको जनाएको छ ।
यस अवधिमा ३४ वटा आयोजनाको निर्माण कार्य सुरु गरिएको छ । कात्तिक २५ सम्ममा बागमती प्रदेशको राजस्व कुल ११ अर्ब १९ करोड ९२ लाख (कुल अनुमानको १६.६ प्रतिशत असुल रहेको) प्रगति विवरणमा उल्लेख छ ।
साथै चालु खर्च तीन अर्ब २४ करोड र पुँजीगततर्फ एक अर्ब ३१ करोड ७७ लाख गरी कुल चार अर्ब ५६ करोड दुई लाख खर्च भएको जनाइएको छ । ‘बागमती प्रदेश विश्व विद्यालय आर्थिक प्रशासनसम्बन्धी विनिमय, २०८२’ स्वीकृत गरी कार्यान्वयन गरिएको, प्रदेशभित्रका ८६ सहकारी संस्थाको विवरण अध्यावधिक गरिएको, भक्तपुर अस्पतालमा डायलासिस सेवाको सुरुवात गरिएको, क्यान्सर रोग लागेका विपन्न नागरिकलाई प्रदेश सरकारले उपलब्ध गराउने थप ५० हजार उपचार सहुलियतका लागि १७ अस्पतालसँग सम्झौता गरिएको विषयलाई सरकारले उपलब्धि मानेको छ ।
यस्तै वन क्षेत्रबाट सात करोड राजस्व सङ्कलन गरिएको, ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि सप्ताहव्यापी कार्यव्रmम अन्तर्गत ९६ हजार ३४७ डोज खोप निःशुल्क लगाइएको सरकारले सार्वजनिक गरेको उपलब्धि विवरणमा उल्लेख छ ।
त्यस्तै ‘बोटे, माझी, हायू, मुसहर र वनकरिया समुदायका लागि स्वरोजगार परियोजना सञ्चालनसम्बन्धी कार्यविधि, २०७२’ कार्यान्वयनमा ल्याइएको, ‘डिजिटाइजेसन कार्यव्रmमलाई व्यवस्थित गर्न सवारीसाधन तथा विद्युतीय अभिलेख प्रणाली व्यवस्थापन कार्यविधि २०८२’ कार्यान्वयनमा ल्याइएको, पर्यटन क्षेत्रबाट एक करोड पाँच लाख ३४ हजार ५९० रुपियाँ राजस्व सङ्कलन गरिएकोलगायतलाई उपलब्धिका रूपमा बागमती सरकारले सार्वजनिक गरेको छ ।