सन्तोष दहित
दाङ, मङ्सिर १० गते । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहित १२ दल एकीकरण भएपछि बनेको नेपाली कम्युष्ट पार्टी लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन हुनुभएको छ ।
पार्टी एकीकरण भएपछि लुम्बिनीमा पहिलो पटक संयुक्त बैठकले लुम्बिनी प्रदेशसभामा संसदीय दल नेता, प्रमुख सचेत र सचेत चयन गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् संसदीय दलका प्रमुख सचेतक इन्द्रजीत थारुले स्वतः एकीकरण भएको घोषणा गर्दै प्रदेश सभामा संसदीय दलको नेता, प्रमुख सचेत र सचेत चयन गरिएको जानकारी दिनुभयो ।
उहाँको अनुसार दलको नेतामा तत्कालप्न नेकपा माओवादी केन्द्रीका संसदीय दलका नेता समेत रहनुभएको जोखबहादुर महरा, प्रमुख सचेतकमा इन्द्रजीत थारु र सचेतकमा नेकपा एकीकृत समाजवादीकी भगवती अधिारीलाई जिम्मेवारी दिएको छ ।
यसैगरी, लुम्बिनी प्रदेश सभामा तत्कालीन नेकपा माओवादी केन्द्रबाट सभामुखसहित ११ र नेकपा एकीकृत समाजवादीबाट एक सांसद हुनुहुन्थ्यो । केन्द्र र समाजवादी पार्टी एकीकरण भए पनि लुम्बिनी प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टीको १२ सांसदसहित प्रदेश सभाको तेस्रो शक्ति बनेको छ ।
लुम्बिनी प्रदेश सभामा कुल ८७ सांसद रहेको भए पनि एक सांसदको निधन भएपछि अहिले ८६ जना सांसद छन् । लुम्बिनीमा एमाले २९ मा एक सांसदको निधनपछि २८ सांसदसहित पहिलो शक्तिको रुपमा छ । त्यस्तै, दोस्रो शक्तिको रुपमा नेपाली कांग्रेस २७ सांसद र चौथोमा चार सांसदसहित राप्रपा र नाउपा छन् भने तीन सांसदसहित जनमत, लोसपा पाँचौँमा र दुई सांसदसहित जसपा छैठौंमा र एक सांसदसहित लोसपा नेपाल, जनमोर्चा छन् ।