शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवराज नेपाली
बागलुङ, मङ्सिर ९ गते। बागलुङको बडिगाडमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको बडिगाड गाउँपालिका–५, खौलारास्थित दाँगखोलामा शव फेला परेको हो । शवको पहिचान भने नभएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले जानकारी दिनुभयो।
खोलामा अनुहार डुबेको अवस्थामा शव फेला परेको उहाँको भनाइ छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउँदासाथ प्रहरी टोली शव भएको स्थानमा पुगेर शवलाई बाहिर निकाल्न थालेको छ । शव गुल्मी निवासी एक पुरुषको हो भनिए पनि अहिलेसम्म पुष्टि नभएको उहाँले बताउनुभयो ।
प्रहरी चौकी खारबाट प्रहरी टोलीले शव निकालेर कसको हो भनि पहिचान गर्न थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिनुभयो।