जेरुसेलम, मङ्सिर ९ गते । इजरायली कब्जा बल (आइओएफ)ले मङ्गलबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तरगत कम्तिमा ५० जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए)ले रिपोर्ट गरेअनुसार कल्किल्याको पूर्वमा रहेको अजुन सहरमा इजरायली सेनाले २५ जना प्यालेस्टिनीलाई पक्राउ गरी कुटपिट गरेको छ । यसै गरी अरिहा सहर र जबर र ऐन अल-सुल्तान शरणार्थी शिविरबाट १० जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।
सेनाले बेथलेहेमको गवर्नरेटमा, छ जना प्यालेस्टिनी, जेनिनको दक्षिणमा रहेको मिर्का गाउँमा अन्य छ जना र रामल्ला दक्षिणी नब्लस, जेनिन शिविरमा अन्य तीन जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ । सोही सन्दर्भमा, सेनाले अल-खलिलको उत्तरमा रहेको बेत उमर सहरका विद्यालय र घरमा आक्रमण गरी दर्जनौँ प्यालेस्टिनीलाई चिसो र वर्षाको मौसममा दुव्र्यवहार गर्दै घन्टौँसम्म बन्दी बनाएको जनाइएको छ ।
इजराली सेनाले वेस्ट ब्याङ्कमा प्यालेस्टिनीलाई आतङ्कित पारी उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्ने कार्यकर्तालाई सताउने र कैदीलाई मुक्त गर्नको लागि गिरफ्तारी गरिरहेको जनाइएको छ । रासस/क्यूएनए