धीरेन्द्रप्रसाद साह
राजविराज, मङ्सिर ९ गते । झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले विशेष अदालत काठमाडौंबाट सजाय सुनाइएपछि फरार रहेका प्रतिवादी रामबाबु यादवलाई खोजतलास गर्दै फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका यादव सप्तरीको रुपनी गाउँपालिका –१ का निवासी हुन्। यादवले झुटाे विवरण पेशगरी भ्रष्टाचार गरेको कसुरमा १० हजार जरिवाना र छ महिना कैद सजाय पाएका थिए। अदालतको फैसलापछि फरार रहेका उहाँलाई सोमबार पक्राउ गरी आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत, राजविराजमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ पुरीले अदालतको आदेश कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ परेको जानकारी दिएका छन्।