• ८ मंसिर २०८२, सोमबार

समालोचनासङ्ग्रह विमोचित

blog

ललितपुर समाचारदाता

ललितपुर, मङ्सिर ८ गते । डा. ज्योति तुलाधरको ‘आधुनिक काव्य व विद्रोहया सः–छगू विश्लेषण’ समालोचनासङ्ग्रह शनिबार पाटन सङ्ग्रहालयमा विमोचन गरिएको छ ।

उक्त सङ्ग्रह नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकारहरू प्राध्यापक नर्मदेश्वर प्रधान, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, प्रतिसरा सायमि, डा. योगेन्द्र प्रधान, रजनीमिलाले सामूहिक विमोचन गर्नुभयो ।

कविताया लाय्कूका अध्यक्ष डा. तुलाधरले विदेशमा रहेर नेपाल भाषा साहित्य सिर्जना गर्दै आउनुभएको छ । डा. तुलारधको सो सङ्ग्रहमा वरिष्ठ साहित्यकारहरू डा. योगेन्द्र प्रधान, पूर्ण वैद्य, आनन्द जोशी, श्यामसुन्दर सैँजू, नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशी, प्रा. नर्मदेश्वर प्रधान, बुद्ध सायमि, प्रतिसरा सायमि, सुरेशकिरण मानन्धर र रजनीमिलाका आधुनिक काव्यबारे समालोचना गरिएको छ ।

प्रा. प्रेमशान्ति तुलाधरले विमोचित कृतिको समीक्षा गर्नुभयो । सो कार्यक्रममा कविताया लाय्कूलाई अझ स्तरीय बनाउनका लागि २४ जना वरिष्ठ साहित्यकारको वैचारिक समूह गठन गरिएको थियो ।