गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ८ गते । महेश संस्कृत गुरुकुलको आयोजनामा शङ्कराचार्य मठ पशुपतिमा पशुपतितत्व विमर्श तथा विद्वत् सभा सम्पन्न भएको छ । महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमनानन्द गिरीको सत्सङ्कल्पमा शङ्कराचार्य मठमा राष्ट्र शान्तिको पावन उद्देश्य लिएर श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु भएको हो ।
भागवत महायज्ञको पूर्वसन्ध्यामा उक्त विद्वत् सभा आयोजना गरिएको हो । गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक शिक्षाध्यक्ष न्यायतन्त्रादि शास्त्रका विशिष्ट विद्वान् प्राध्यापक विद्यानाथ उपाध्याय, न्याय तथा वेदान्तदर्शनका मूर्धन्य विद्वान् प्राडा दीर्घराज न्जष्मिरे, वेदान्तदर्शन तथा धर्मशास्त्र पुराणादिका व्याख्याता प्राध्यापक भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्धन समाजका अध्यक्ष तथा भागवतका कुशल प्रवक्ता आचार्य कपिलदेव सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
प्राध्यापक भवानीप्रसाद खतिवडाले विद्वद् गोष्ठी आयोजना गर्नुको आौचित्य प्रकाश पार्दै पशुपतितत्वका बारेमा आफ्ना दार्शनिक विचार प्रकट गर्नुभएको थियो । पशुपतिका बारेमा विशालकाय ग्रन्थको सम्पादन तथा प्रकाशन गर्ने विशिष्ट विद्वान् तथा शक्तितत्वका समुपासक देवीप्रसाद चापागाईंले पशुपतितत्वका बारेमा विचार राख्नुभएको थियो ।
वेदान्त दर्शनका विशिष्ट विद्वान् प्राडा दीर्घराज घिमिरेले पाशुपत क्षेत्रको ऐतिहासिक तथा पौराणिक महत्वलाई उजागर गर्दै पशुपतितìवका सम्बन्धमा अद्वैतपरक गहन दार्शनिक प्रवचन गर्नुभयो । यसै गरी न्यायादिदर्शनका विशिष्ट विद्वान् तथा तन्त्र शास्त्रका आधिकारिक साधक प्राध्यापक विद्यानाथ उपाध्यायले पशुपतितत्वका सम्बन्धमा कवितामय, अद्वैतपरक एवं दार्शनिक प्रवचन दिनुभएको थियो ।