• ७ मंसिर २०८२, आइतबार

बृद्धाश्रमलाई सामग्री हस्तान्तरण

blog

बृद्धाश्रमलाई सामग्री हस्तान्तरण गरिदै ।

गोरखापत्र अनलाइन

दमौली, मंसिर ७ गते । तनहुँको दमौलीस्थित रहेको राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा सञ्चालित बृद्धाश्रमलाई एक कार्यक्रमबिच शैयासहितको सामग्री शनिबार हस्तान्तरण गरिएको छ । 

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा कार्यरत कर्मचारी बिना पोखरेलका अनुसार सामग्रीमा फोल्डिङ खाट, बेडसिट, सिरक, डसना, सिरानी, तन्ना, चिनी, चियापट्टी, फलफूल लगायतका सामग्री हस्तान्तरण गरिएको हो । स्वर्गीय पिता हरिप्रसाद पोखरेलको स्मृतिमा उहाँको १३ औं दिनको पुण्यतीथिको अवसरमा सो सामग्री हस्तान्तरण गरिएको हो ।


संस्थाका अध्यक्ष तारानाथ घिमिरेलाई उक्त सामग्री हस्तान्तरण गरिएको पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा स्व. पोखरेलका परिवारका सदस्यहरु, संस्थाका अन्य पदाधिकारीहरुको समेत सहभागिता थियो ।

सो अवसरमा विना पोखरेलले सहयोग गरिएको सामग्रीले ज्येष्ठ नागरिकलाई केही मात्रामा भए पनि राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष घिमिरेले सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।