• २९ कात्तिक २०८२, शनिबार

सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधी आदर्शलाई

blog

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २९ गते ।
कालीगण्डकी गाउँपालिका आयोजना गरेको सातौँ अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्डक खेलकुद प्रतियोगिताको उपाधी आदर्श माध्यमिक विद्यालयले हात पारेको छ ।

कालीगण्डकी –७ मिर्मी खेलमैदानमा भएको प्रतियोगितामा आदर्श माविले नौ स्वर्ण, छ रजत र छ कास्य पदकसहित उपाधी जितेको हो ।

पाँच स्वर्ण, छ रजत र दुई कास्य पदकसहित भगवती माध्यमिक विद्यालय दोस्रो भएको हो भने चार स्वर्ण, चार रजत र चार कास्य पदक जित्दै जनता माध्यमिक विद्यालय तेस्रो बनेको हो ।

बिजयी विद्यालयलाई गाउँपालिका अध्यक्ष खीमबहादुर थापाले पुरस्कार वितरण गर्नु भएको थियो ।

२८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भलिबल, कबड्डी, एथलेटिक्स, हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो र सटपुट खेल समावेश गरिएको थियो ।

प्रतियोगितामा पालिका भित्रका १६ विद्यालय मध्ये १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए भने ९८८ जना विद्यार्थीहरु सहभागी भएका थिए ।