काठमाडौँ, कात्तिक २९ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ५३ पैसा र बिक्रीदर १६५ रुपियाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १३ पैसा र बिक्रीदर १८६ रुपियाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ९१ पैसा र बिक्रीदर १७९ रुपियाँ ६७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ २३ पैसा र बिक्रीदर ९२ रुपियाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९४ पैसा र बिक्रीदर १०१ रुपियाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७९ पैसा र बिक्रीदर १०९ रुपियाँ २५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १६ पैसा र बिक्रीदर नौ रुपियाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९६ पैसा र बिक्रीदर २० रुपियाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८८ पैसा र बिक्रीदर ३९ रुपियाँ ०४ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कअनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५८ पैसा र बिक्रीदर ३८ रुपियाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ २९ पैसा र बिक्रीदर ३४ रुपियाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७१ पैसा र बिक्रीदर नौ रुपियाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९६ पैसा र बिक्रीदर १५ रुपियाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०३ पैसा र बिक्रीदर २२ रुपियाँ १२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २३ पैसा र बिक्रीदर १८ रुपियाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपियाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपियाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपियाँ ६१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस