शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुलरिया समाचारदाता
गुलरिया, कात्तिक २९ गते । नाटक ‘हरि हजुरबा’ मोफसलमा पहिलो पटक प्रदर्शन भएको छ । नाटकका निर्देशक नाजिर हुसेन र कलाकार विजय बरालको टोलीले गुलरियाको राधाकृष्ण चोकमा शक्रबार नाटक मञ्चन गर्नुभएको हो । सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको पीडा, पर्खाइ र द्वन्द्वपीडित परिवारको कथा नाटकमा समेटिएको छ । नाटक शनिबार बर्दियाको राजापुर नगरपालिका–६, मानपुर माध्यमिक विद्यालयमा मञ्चन हुने छ । नाटकमा सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे र रिसु राउतको अभिनय रहेको छ ।