• २८ कात्तिक २०८२, शुक्रबार

अफगानिस्तानमा बम विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

blog

काबुल, कात्तिक २८ गते । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिनमुनि राखिएको विस्फोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले शुक्रबार बताउनुभएको छ । 

उक्त वस्तुलाई केटाकेटीले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा दुभाग्य पूर्णरुपमा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालीकाको मृत्यु भएको अधिकारीले जनाएका छन् । बदघिस प्रान्तमा गत हप्ता भएको यस्तै विस्फोटको घटना हुँदा दुई जना बालबालिकाको ज्यान गएको थियो ।

युद्धग्रस्त अफगानिस्तानमा द्वन्द्व प्रभावित देश हो जहाँ विगत चार दशकभन्दा लामो युद्धबाट बाँकी रहेका विभिन्न उपकरण विस्फोट भएका कारण  निर्दोष नागरिकका साथै बच्चाले ज्यान गुमाउने गरेको जनाइएको छ । रासस/सिन्ह्वा