• २८ कात्तिक २०८२, शुक्रबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

blog

काठमाडौँ, कात्तिक २८  गते ।  बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु. ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु. ६० ले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु. तीन हजार २८५ मा कारोबार भइरहेको छ ।

बिहीबार एक तोला सुन रु. दुई लाख ५० हजार २०० र चाँदी रु. तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो । रासस