• २७ कात्तिक २०८२, बिहिबार

तनहुँमा मतदाता नामावली दर्ता तीव्र

blog

जिल्ला निर्वाचन कार्यालय तनहुँको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक २७ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँमा मतदाता नामावली दर्ता तीव्र गतिमा भइरहेको छ । असोज ९ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएकामा हालसम्म जिल्लामा एक दुई हजार नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका करीव दुई हजार नयाँ नयाँ मतदाता थपिएका छन्  ।

मतदाता नामावली दर्तासँगै ठाउँसारीका काम पनि भइरहेको लम्सालले जानकारी दिनुभयो  । उनका अनुसार तनहुँभित्रै एक वडा वा पालिकाबाट अर्कोमा, साथै बाहिरी जिल्लामा समेत स्थानान्तरणका लागि निवेदन दिनेको सङ्ख्या पनि उल्लेख्य छ । नयाँ मतदाता नामावलीका लागि अनलाइन वा नागरिक एपमार्फत फारम भरी नागरिकता लिएर बायोमेट्रिकका लागि उपस्थित हुने व्यवस्था गरिएको छ । जुनसुकै जिल्ला वा निर्वाचन कार्यालयबाट पनि नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको लम्सालले कार्यालयले जनाएको छ  ।

जिल्लामा विसं २०८२ असोज ८ गतेसम्म दुई लाख ४७ हजार चार मतदाता दर्ता भएका छन् । तीमध्ये एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार नौ सय १५ महिला रहेका थिए  । निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता, त्रुटि सच्याउने र ठाउँसारीको कामसँगै आगामी निर्वाचनका तयारीलाई तीव्रता दिएको छ । निर्वाचन अधिकारी लम्सालका अनुसार मतदान केन्द्र तथा स्थल थपघट गर्नुपर्ने भएमा त्यसका लागि सिफारिस प्रक्रिया अघि बढाइएको छ । नामावली दर्ताको समय चार घण्टाभन्दा बढि समय प्रदान गरिएको छ । कात्तिक मसान्तसम्म मतादाता नामावलीमा दर्ता गर्न सकिने छ । बिहान ८ देखि साँझ ६ बजेसम्म दर्ताको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।