• २६ कात्तिक २०८२, बुधबार

अबैध सामग्री बरामद

blog

बरामद गरिएको अबैध सामग्री ।

रेखीराम राना

तानसेन, कात्तिक २६ गते । जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा भित्रिएका सुर्तीजन्य पदार्थ र लत्ताकपडा बरामद गरेको छ । पाल्पाको बगनासकाली र रम्भा गाउँपालिकाका विभिन्न स्थानमा केही मानिसले बिक्री गरेको अवस्थामा प्रहरीले अबैध सामग्री बरामद गरेको हो । 

बरामद गरिएको सामग्रीमा ३७ हजार ७५० रुपियाँका सुर्तीजन्य पदार्थ र ९३ हजार रुपियाँका लत्ताकपडा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भन्सार छली चोरी गरेर ल्याएका कुर्ता सरुवाल, महिलाले लगाउने सल र बच्चाले लगाउने कपडाको सेट बरामद गरिएको छ । 

बरामद गरिएका सुर्तीजन्य पदार्थ र लत्ताकपडा भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।