• २६ कात्तिक २०८२, बुधबार

भन्सारमा बुझाइयो दुई लाखभन्दा बढिको सामान

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक २६ गते ।
सप्तरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।

प्रहरीले गस्ती गर्ने क्रममा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ बाट नियन्त्रणमा लिएको दुई लाख ७३ हजार आठ सय बराबरको किराना तथा कपडा लगायतको सामान मङ्गलबार भन्सार बुझाएको हो ।

भारतको कुनौली तर्फबाट राजविराज आउने सडक खण्डस्थितमा भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरी जानकारी दिनुभयो ।

प्रहरी टोलीलाई देखेपछि बोरामा रहेका सामान छाडी मानिसहरु फरार भएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार बोराहरु खोली चेकजाँच गर्दा त्यसमा किराना समानहरु चिनी, खाने तेल, जिरा, कपडा लगायतका विभिन्न समानहरु फेला परेको थियो ।