शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २२ गते । गायक प्रमोद खरेलको स्वरबद्ध गीति भिडियो ‘पीडाले थिचेको मान्छे म’ सार्वजनिक भएको छ । ऋषि खड्काको शब्द तथा सङ्गीत समावेश गीतलाई कमल सौरागले एरेन्ज गर्नुभएको छ । ‘सिएम डिजिटल’ मार्फत युट्युब प्रिमियर गरिएको गीतले बिछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गर्छ । भिडियोमा अभिनेता विराज विष्ट र डेब्यु मोडल गीता पन्थी देखिनुभएको छ । श्याम तामाङले छायाङ्कन गर्नुभएको भिडियोमा सम्पादन तथा कलरिङ मिलन विश्वकर्माको रहेको छ । सिर्जन बरालले भिडियोलाई निर्देशन गर्नुभएको हो । भिडियो रिलिजअगावै यो अडियो टिकटक, रिल्सलगायतका सामाजिक सञ्जालमा लोकप्रिय बनिसकेको छ ।