• २१ कात्तिक २०८२, शुक्रबार

पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैदमुक्त

blog

काबुल, कात्तिक २१ गते । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीलाई गत हप्ता रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको हिरासतमा राखिएका ४३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना कैदी भने पश्चिमी निमरोज प्रान्तको पुल-ए-अब्रेसिम सीमा हुँदै स्वदेश पठाइएको जनाइएको छ । 

गत अक्टोबरको अन्त्यमा १७० जना अफगान कैदी स्वदेश फिर्ता भएपछि हाल उनीहरु कैदमुक्त भई स्वदेश फर्केका हुन् । जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्कअनुसार दश हजारभन्दा बढी अफगान नागरिक विदेशमा छन् भने त्यसमध्ये पनि अधिकांश इरान र पाकिस्तानमा बन्दी बनाइएका छन् । रासस/सिन्ह्वा