• २० कात्तिक २०८२, बिहिबार

राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको बुधबार अवलोकन गर्नुभएको छ । कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन पुग्नुभएका राष्ट्रपति पौडेलले दुई सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सो अवसरमा राष्ट्रपति पौडेललाई सङ्ग्रहालयका अधिकारीले स्वागत गर्दै प्रस्तुत कलासङ्ग्रहका बारेमा अवगत गराउनुभएको थियो । राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएको हो । उहाँले दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गर्नुभएको थियो । साथै सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनमा सहभागिता जनाउनु भर्ई सम्बोधन गर्नुभएको थियो ।  साथै उहाँसमक्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शिष्टाचार भेट गर्नुभएको थियो ।