• १६ कात्तिक २०८२, आइतबार

काजुको फाइदा

blog

काजु सबै उमेर समूहका मानिसलाई फाइदा पुर्‍याउने खाद्यवस्तु मानिन्छ । थोरै खाँदा पनि धेरै फाइदा दिने काजुमा म्याग्नेसियम, तामा, फलाम, पोटासियमलगायतका तत्व पर्याप्त मात्रामा पाइन्छ । यी तत्वबाट शरीरलाई स्वस्थ रहन मद्दत पुग्छ । 

हरेक दिन दुई तीन टक्रा काजु खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । काजु ऊर्जाको राम्रो स्रोत पनि हो । थकान महसुस हुन्छ वा काम गर्ने जाँगर चल्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फुर्ती आउँछ ।

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसैले काजु खाने गरेमा अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । काजुमा भिटामिन ‘बी’ पनि पाइन्छ ।

काजुले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड उत्पादन हुन पाउँदैन । युरिक एसिडको समस्या भएकालाई ‘ड्राइफुड’ उपयुक्त मानिँदैन तर त्यस्ता मानिसले काजु खान सक्छन् । काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गरेमा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ । 

हरेक बिहान काजु खाने गरेमा कोलेस्टेरोलको मात्रा समेत नियन्त्रण गर्नमा योगदान पुग्छ । काजुमा पाइने तत्वले हड्डी र दाँत बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

काँचो काजु चाहिँ खानु हुँदैन । किनकि काँचो काजुमा उरुसिओल नामक विषालु रसायन हुन्छ । 

नियमित काजु खानुका फाइदा 

  • दाँतलाई बलियो पार्न ठुलो भूमिका खेल्छ । 
  • कपाल चमकदार बनाउन मद्दत पु¥याउँछ ।
  • आँखा तेजिलो बनाउन पनि काजुले ठुलो भूमिका खेल्छ ।
  • गर्भवतीलाई काजु वरदान मानिन्छ । यसले आमा र बच्चा दुवैलाई फाइदा पु¥याउँछ । 
  • कब्जियत कम गर्न पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
  • सधैँं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु खानु उपयोगी मानिन्छ ।
  • हड्डी बलियो बनाउँछ । 
  • कमजोरी हटाउँछ । 
  • अनुहार चम्किलो बनाउँछ । 
  • शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ । 
  • मुटु बलियो बनाउँछ ।
  • काजुले दिमाग तेजिलो बनाउँछ । 

–अच्युतमानसिंह प्रधान ‘उत्सुक’  

–युवामञ्च