• १६ कात्तिक २०८२, आइतबार

हरिबोधिनी एकादशीः पशुपतिमा टाँगियो तोरण (फोटो फिचर)

blog

हरिबोधिनी एकादशीमा पशुपतिमा तोरण टाँग्दै भक्तजन । तस्बिर : केशब गुरुङ ।

काठमाडौँ, कात्तिक १५ गते । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पूजापाठ गरेर हरिबोधिनी एकादशी मनाउँछन्।

हरिसयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ। हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिसवटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रुपमा लिइन्छ । यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनले तोरण टाँगेर पूजापाठ गरेका छन्।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।