• १५ कात्तिक २०८२, शनिबार

बस र ट्याङ्कर ठोक्किदा चार घाइते

blog

दुर्घटनामा परेको ट्याङ्कर ।

बोमलाल गिरी

नवलपुर, कात्तिक १४ गते । पूर्ब–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा बस र तेल बोक्ने ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 

शुक्रबार दिउँसो बुटवलबाट बिरगञ्जजतर्फ जाँदैगरेको लु २ ख ६८२८ नम्बरको बस र बिपरित दिशामा गुडिरहेको लु २ ख ६१ नम्बरको तेल ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा ट्याङकर चालक नवलपुरको मध्यबिन्दु नगरपालिका –८ का ५६ वर्षीय तिलकराम योगी थारु, बस चालक पाल्पा रम्भा गाउँपालिका –३ का ३७ वर्षीय विकास न्यौपाने, बसमा सवार नवलपुरको बर्दाघाट नगरपालिका –२ का ३३ वर्षीया गंगाकुमारी गिरी र उहाँकी ७ वर्षीया छोरी अर्पना गिरी घाइते हुनु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।