चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १४ गते । मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । पछिल्लो पाँच दिनयता निरन्तर वर्षा भई मौसम प्रतिकूल हुँदा सुकेटारमा शुक्रबारको उडान रद्द भएको हो ।
ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार निरन्तरको वर्षासँगै मौसम प्रतिकूल भएपछि उडान अवरुद्ध बनेको हो । निरन्तर वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लागेकाले शुक्रबारको उडान सम्भव नभएको स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो ।
उहाँका अनुसार शुक्रबारको उडान रद्द हुँदा काठमाडौँ जान लागेको दुई जना विदेशी पर्यटकसहित १७ जना यात्रु रोकिएका छन् । उडान नभएपछि काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका छन् । पर्यटकीय मौसममा उडान अवरुद्ध हुँदा ताप्लेजुङस्थित कञ्चनजङ्घा भ्रमणमा आउजाउ गर्ने बाह्य तथा आन्तरिक पर्यटकसँगै अन्य यात्रु मारमा परेका परेका छन् ।
यता मौसममा सुधार नआएसम्म सुकेटार विमानस्थलमा उडान हुने सम्भावना न्युन रहने नेपाल वायु सेवा निगमले जनाएको छ । प्रत्येक साताको शुक्रबार एकमात्र नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्ने गरेको छ ।
 
                                 
                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                