• ६ कात्तिक २०८२, बिहिबार

फेरीको पर्खाइमा कर्णालीपारीका स्थानीय

blog

स्वामिकार्तिक खापर तथा जगनाथ गाउँपालिकाको बीचमा रहेको कर्णाली नदिमा थन्किएको फेरी। तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक ६ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीका स्थानीयबासी यतीबेला फेरीको पर्खाइमा रहेका छन् । 

जिल्लाको स्वामिकार्तिक खापर र जगनाथ गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदिमा यहाँका स्थानीय सरकारले फेरी सञ्चालन ल्याएको छ ।

वर्खाको समय पानीको बहाव बढ्दै गएकोले त्यति बेला थन्किएको फेरी सञ्चालनमा नआएपछि अहिले यहाँका स्थानीयवासी फेरीको पर्खाइमा रहेका हुन् । स्वामिकार्तिक खापर गाउँपालिकाको अधिकाशं गाउँबस्तीमा सडक सञ्जालको पहुँच भएको भएपनि कर्णाली नदिमा पक्की पुल नहुँदा यहाँ चल्ने सवारी साधान अहिले पनि फेरीको भरमा पर्ने गरेका हुन् । 

यहाँका स्थानीय लामो समयदेखि घोडा ,खच्चर ,भेडा र पीठ्युमा भारी बोकेर कर्णाली नदिमा रहेको झुलुङ्गे पुलको सहाराले दैनिक खाद्यान सामाग्री ढुवानी गर्दै आउने गरेका थिए । 

अहिले फेरीका सहाराले यहाँका अधिकाशं गाउँ बस्तीमा गाडी गुड्न थालेका छन् । यहाँका स्थानीयले भेडा, घोडा र खच्चर छोडेर यती बेला दैनिक खाद्यान सामाग्री गाडीमा ढुवानी गर्दै आएका छन् ।

हिउँदको महिना फेरी राम्रो सँग सुचारु भएपनि वर्खाको समय फेरी कर्णाली नदिमा नै रोकिने गरेपछि भने अहिले पनि यहाँका स्थानीय फेरीको पर्खाइमा रहेका हुन् । 

हिउँदको महिना कर्णाली पारी स्वामिकार्तिक खापर गाउँपालिकाका विभिन्न ठाउँमा चल्ने जिप ट्याक्टर यती बेला कर्णाली नदी मा पानीको बहाब बढेकोले फेरी चल्न बन्द भएसँगै ती पनि पिलिचौरमा नै रोकिने गरेका छन् ।

२०७७-०७८ सालमा स्वामिकार्तिक र जगनाथ गाउँपालिकाको बीचमा रहेको कर्णाली नदीमा राखेको फेरीले यहाँका स्थानीयलाई जिप ट्याक्टर लगायतका सवारीसाधनलाई हिउँदमा वारपार सहज भएको थियो ।

कर्णाली नदिमा राखेको फेरीले नै यहाँका स्थानीयको विजन शैली बदलिएको स्वामिकार्तिक गाउँपालिका स्थानीय नरे लुहारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो पैदल यात्रा गरेर सामान ढुवानी गर्दै आएका थियौ । यती बेला यसरी कर्णाली नदीमा हालेको फेरीले नुन तेल चामल लगायतका दैनिक दैनिक उपभोग्य समाग्री ढुवानी सहज भएको छ ।”

हिउँदमा कर्णाली नदीमा पानी बहाव कम हुँदा फेरी चल्ने र वर्खाको समय पानीको बहाव बढे फेरी नचल्ने भएकोले यती बेला नुन तेल चामल लगायतका दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै समस्या हुने गरेको लुहारले बताउनुभयो ।

जिल्लाको पुर्वि उत्तरमा पर्ने यो पालिकाका कर्णाली नदि पारीमा पर्छ । अहिले यो स्थानीय तहले यहाँका अधिकाशंं वडा सडक सञ्जालको पहुँचमा राखेको छ । 

ती सडकमा हिउँदको महिना गाडी गुड्ने गर्छन् भने वर्खाको समय कर्णाली नदिमा पुल नहुँदा ती गाडी पीलिचौरमा नै रोकिने गरेको स्थानीय जिप चालक मानबहादुर रोकायाले बताउनुभयो ।

कर्णाली नदीमा फेरीका साहायताले स्वामिकार्तिक गाउँपालिकामा डोजर पुगाएका हौ । अहिले प्राय अधिकाशं गाउँ बस्ती सडक सञ्जालको पहुँचमा छन् । 

ती सडकमा अहिले जिप ट्याक्टर चल्ने गरेपछि यहाँको स्थानीयको जनजीवनमा समेत निकै परिवर्तन भएको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सङ्घीय सरकारको १९ करोडमा हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिका ४ को वाई बीचमा रहेको चुल्लीगाडमा पुल निर्माण हुन थालेको थियो । त्यो पुुल अहिले रद्ध भयो ।”

अहिले फेरी अर्को ठाउँमा पक्की पुल निर्माण गर्ने योजना छ । त्यहाँ चाँडै पुल बनेपछि यहाँका सवारी साधानलाई  हिउँद वर्खामै आजजाउमा गर्न सहज हुने अध्यक्ष रोकायाले बताउनुभयो ।