शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुणबहादुर रोका
सुलीकोट, असोज ३१ गते । बसले स्कुटरलाई ठक्कर दिँदा गोरखाका एक जना युवा दामोदर घिमिरेको मृत्यु भएको छ । चितवनबाट घर गोरखातर्फ आउँदै गर्दा भरतपुर महानगरपालिका – १ रामनगरस्थित सडकमा बा. प्र ०१–००१ प १६८४ नम्बरको बसले ग २० प ८५५९ नम्बरको स्कुटरलाई १२ः४५ बजे ठक्कर दिई उपचारको क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।
गोरखा नगरपालिका – ७ नयाँबसपार्क स्थायी घर भएका युवा घिमिरे गोरखा नयाँबजारमा न्यु चिन्तन बुक्स स्टेशनीका प्रोपाइटर समेत भएको प्रहरीले पुष्टि गरेको छ ।
मृतक घिमिरेको शव चितवनको सरकारी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले बताउनुभयो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।