• १३ असोज २०८१, आइतबार

फिफाद्वारा पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा

blog

काठमाडौं, असार १७ गते । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले एक विज्ञप्ति निकाल्दै १५ महिनापछि पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । 

फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले हस्तक्षेप गरेको थियो । 

प्रतिबन्धपछि फिफाले मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी समेत गठन गरेको थियो । फिफाले गठन गरेको नर्मलाइजेसन कमिटीले पीएफएफलाई पूर्ण रुपमा आफ्नो मातहतमा ल्याएको थियो । एजेन्सी