विष्णुप्रसाद पोखरेल
दमक, असोज २४ गते । झापाको बिर्तामोडबाट प्रहरीले ११ जना जुवाडेलाई जुवाजन्य खेल खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
जुवा खेल्दैगरेको अवस्थामा बिहीबार राति बिर्तामोड –८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुले बताउनुभयो ।
जुवाजन्य तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिएको उहाँले जानकारी दिनुभयो । घरधनी उप्रेतीसहित ११ जनालाई पक्राउ गरिएको बताइए पनि पक्राउ परेकाहरुको नाम खुलाइएको छैन ।
प्रहरीले तास, नगद २ लाख १५ हजार ५५० रुपियाँ र ९ थान मोबाइल नियन्त्रणमा लिएको जनाएको छ ।