• २४ असोज २०८२, शुक्रबार

कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक केही बेरमा बस्दै

blog

काठमाडौँ, असोज २४ गते । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केही बेरमा बैठक बस्न लागेको छ ।

उहाँले भन्नुभयो, ‘‘पार्टीका पदाधिकारी, पूर्व पदाधिकारीसँग नेपालको समसामयिक विषयमा बैठक बस्न लागिएको हो ।’’ उहाँका अनुसार शुक्रबार बिहान ११ बजे पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्ने समय तय भएको थियो ।