काठमाडौँ, असोज २४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी र मधेश प्रदेश समितिको अधिवेशन गर्ने भएको छ । पार्टीको कोशी प्रदेश समिति र मधेश प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
कोशी प्रदेश समितिको अधिवेशन असोज २५ र २६ गते बिराटनगरमा हुने भएको छ भने मधेश प्रदेश समितिको अधिवेशन लागि असोज २७ र २८ गते जनकपुरधाममा हुने छ ।
बाँकी प्रदेश समितिहरु पनि अधिवेशनको तयारीमा जुटेको बस्नेतको भनाइ छ ।
जसपा नेपालले स्थानीय तहअन्तर्गतका पार्टी समितिको अधिवेशन सम्पन्न गरी प्रदेश समितिको अधिवेशन गर्न लागिएको बताइएको छ ।