• २४ असोज २०८२, शुक्रबार

एमाले सचिवालय बैठक आज

blog

काठमाडौँ,  असोज २४ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८ औँ सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आज ११ बजे हुँदैछ । 

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक  विषयमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म यहाँ हुँदैछ । रासस