• ६ जेठ २०८१, आइतबार

नेपाल न्यूज अस्ट्रेलियाको वार्षिकोत्सव : सहि सूचना सम्प्रेषण गर्न आग्रह

blog

 सिड्नी, असार १६ गते । अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदुत कुलबहादुर मगरले सञ्चारकर्मीहरुले सहि सूचना सम्प्रेषण गर्न आग्रह गर्दै अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको बास्तविक समस्या पहिचान गर्न आग्रह गर्नुभयो । 

सन् २०१३ देखि अस्ट्रेलियाको सिड्नीमा सञ्चालनमा रहेको नेपाल न्यूज अस्ट्रेलियाको नवौँ वार्षिकोत्सव वरिष्ठ पत्रकार एवम् लेखक नारायण वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

पत्रकार वाग्लेले सूचना प्रविधिको विकासक्रमले सूचना लिने र दिने प्रक्रिया बदलिएको बताउँदै यसले सम्पादकको सूचना पहुँचमा चुनौती थपिदिएको बताउनु भयो । 

उहाँले कुनै पनि समाचार सम्पादन गर्दा त्यो समाचारले समाज र पाठकमा पार्ने प्रभावका बारेमा सञ्चारकर्मीहरु चनाखो हुनुपर्ने कुरामा जोड दिनुभयो । पत्रकार वाग्लेले युट्युब, फेस बुकलगायतका सामाजिक संजालको प्रयोगका कारणले समाचारको आधिकारिताका पुष्टिमा पत्रकारहरुले थप चुनौतीको सामना गर्नु परेको उल्लेख गर्नुभयो । 

कार्यक्रमका प्रमुख पार्टनर मेट्रो होम्सका कार्यकारी प्रमुख ज्ञानेन्द्र कार्कीले राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चार क्षेत्रसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल न्यूज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैह्रेको सभापतित्वमा सो कार्यक्रम आयोजना गरिएको थियो ।