• २० असोज २०८२, सोमबार

बाढीले बगाउँदा एक बालकको मृत्यु, दुई बालिका बेपत्ता

blog

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), असोज २० गते । रौतहटमा बाढीले बगाउँदा एक बालकको ज्यान गएको छ भने दुई बालिका बेपत्ता भएका छन् । 

राजपुर नगरपालिका–८ बलुवा गोठ टोलमा आएको लाल बकैया नदीमा नुहाउने क्रममा बगाउँदा १० वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

मृत्यु हुनेमा राजपुर–८ बलुवा गोठ टोल बस्ने गोनवर मियाको छोरा अरबाज मिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

अरबाज मिया नुहाउने क्रममा बेपत्ता भएको र तत्का नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी  कार्य गरेका थिए । बालकलाई फेला पारेपछि  उपचारको लागि स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र राजपुर फरहदवामा लगेपछि मृत घोषणा गरिएको थियो । 

यस्तै सोमबार नै देवाही गोनाही–६ कर्कच टोलमा खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा दुई जना बालिका हराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीकाअनुसार पानीमा डुबर देवाही गोनाही–६ कर्कच टोलका रामदयाल रामकी १२ वर्षीया छोरी  आरती कुमारी र शिवधारी रामको ११ वर्षीया छोरी अन्तिमा कुमारी रहेको छ ।