• २० असोज २०८२, सोमबार

रसुवाको लाङटाङ भ्रमण

अभिभावकको आग्रह अटेर गर्दा ‍‍‍‍‍‍...

blog

हराइरहेका सुनिता श्रेष्ठ, संस्कृति श्रेष्ठ र किसन श्रेष्ठ (बायाँ) को फाइल तस्बिर । पीडामा रहनुभएका बुबा कृष्णबहादुर श्रेष्ठ । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन 

भक्तपुर, असोज २० गते । रसुवाको लाङटाङ घुम्न गएका एकै परिवारका तीन जनासहित भक्तपुरका चारजना परिवारको आग्रहलाई अटेर गरी घुम्न गएको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता बेपत्ता भएका परिवारले घुम्न नजानु भन्दा भन्दै घुम्न गएकाले अहिलेसम्म पनि उहाँहरु बेपत्ता नै छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंं ४ (दघिकोट) कृष्ण र सरिता श्रेष्ठका दुई छोरी २६ वर्षीया सनिता श्रेष्ठ, २२ वर्षीया संस्कृति र छोरा २० वर्षीय किसन श्रेष्ठ एकै परिवारका हुन् । त्यस्तै तथा भक्तपुर नगरपालिका १० का २३ वर्षीय रवि श्रेष्ठ पनि बेपत्ता छन् । 

घरपरिवारले अहिले मौसम ठिक छैन दसैं सकिएपछि घुम्न जानु भनेर भन्दा भन्दै पनि उहाँहरु घुम्न निस्कनु भएको हो । 

बेपत्ता सुनिता, संस्कृत र किसनका बुबा कृष्ण श्रेष्ठले अहिले नजानु मौसम ठिक छैन भन्दा भन्दै अटेर गरेर घुम्न गएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “मैले र आमा चाहिँले नै नजानु भनेको हो छोरा छोरीहरु एकजुट भएर हामी जान्छौं भने ।”  

कुल १६ जनाको टोलीमा बाह्रजना भने सकुसल नै छन् । लाङटाङ जाने क्रममा शनिबार साँझ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाउँदा उहाँहरु बेपत्ता हुनुभएको हाे । 

आफ्ना दुई छोरी र छोरा वेपत्ता भएपछि आमा सरिता श्रेष्ठ भावविह्वल हुनुहुन्छ । पीडामा रहेका परिवारलाई सान्त्वना दिने शुभ चिन्तकको घुँइचो लागेको छ । आमा बुबाले आफ्ना छोरा छोरीको खोजी कार्यलाई अझै तीव्र बनाइदिन सुरक्षा निकायसँग आग्रह गर्नुभएको छ । उहाँहरुको खोजी कार्यलाई सुरक्षा निकायले जारी राखेको छ । 

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार, एकजनालाई खोलाले बगाएपछि बचाउन खोज्दा एक पछि अर्को बेपत्ता भएका थिए । 

यो पनि पढ्नुहोस

रसुवामा फसेका १२ को उद्धार, चारजनाको खोजी जारी