विष्णुप्रसाद पोखरेल
दमक, असोज २० गते । शनिवारदेखि आएको अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको भालुखोलामा आएको बाढीले भत्काएको डाइभर्सन पुनः निर्माणपछि यातायात सुचारु भएको छ । यस सडक खण्डमा ३५ घण्टापछि सवारी आवतजावत सुरु भएको छ ।
आइतवारदेखि नै डाइभर्सन बनाउने काम भइरहेको थियो । पूर्व पश्चिम राजमार्गको डाइभर्सन भत्काएपछि सवारी साधनहरु वैकल्पिक भित्री सडक भएर आवतजावत गर्दै आएका थिए । सोमबार बिहान ११ बजेदेखि पुरानै अवस्थामा यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूले बताउनुभयो ।
बिहानैदेखि २ वटा जेसिबीसहितका आवश्यक उपकरणसहित डाइभर्सन निर्माणको काम तीव्र बनाइएको थियो । वर्षा कम भएपछि झापाको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको लिम्बूले जनाउनुभयो ।