• २५ असोज २०८२, शनिबार

खानेपानीको पहुँचमा पैँसट्ठी प्रतिशत नागरिक

blog

डुम्बरगाउँमा निर्माण गरिएको खानेपानीका ट्याङ्की । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही, असोज १२ गते  । दाङमा ६५ प्रतिशत नागरिक पाइप प्रणालीका माध्यमबाट खानेपानीको पहुँचमा जोडिएका छन् । खानेपानी तथा सरसफाइ कार्यालय दाङका अनुसार जिल्लामा ६५.४९ प्रतिशत अर्थात् चार लाख ४६ हजार ३५५ नागरिक पाइप प्रणालीबाट खानेपानीको पहुँचमा जोडिएका हुन् । 

जिल्लामा एक लाख छ हजार २७५ घरधुरीका चार लाख ४६ हजार ३५५ जनाले पाइप प्रणालीका माध्यमबाट शुद्ध खानेपानी पिउने गरेको खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार पाइप प्रणालीमार्फत खानेपानीको पहुँचमा जोडिएका शुद्ध खानेपानीका रूपमा लिने गरिन्छ । 

जिल्लामा कुवा, इनार र जरुवा आदिबाट २९.२५ प्रतिशतले खानेपानीको प्रयोग गर्ने गरेका छन् । समग्रमा जिल्लाको छ लाख ८१ हजार ५१७ जनसङ्ख्यामध्ये ७४ प्रतिशत नागरिक खानेपानीको पहुँचमा  जोडिएका छन् ।  

जिल्लामा खानेपानीका करिब दुई सयभन्दा बढी योजना कार्यान्वयनका व्रmममा रहेका छन् । कार्यालय प्रमुख न्यौपानेले खानेपानी तथा सरसफाइ कार्यालय दाङ अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा २६६ वटा योजना रहेकोमा १४ वटा मात्र सफल भएको बताउनुहुन्छ । उहाँका अनुसार १५२ वटा योजना कार्यान्वयनका व्रmममा रहेका छन् । २६६ वटा योजनामध्ये सघन खानेपानी विकास कार्यव्रmम अन्तर्गत १९५ वटा योजना रहेकोमा १४ वटा योजना सम्पन्न भएका हुन् । बाँकी ४१ वटा योजना ८० प्रतिशतभन्दामाथि प्रगति, २० वटाको ५० देखि ८० प्रतिशतसम्म प्रगति, ४४ वटा योजनाको ५० प्रतिशतभन्दा कम प्रगति भएको छ ।  

खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रम अन्तर्गत नौ वटा योजना रहेकामा छ वटा ५० देखि ८० प्रतिशत, दुई वटा ५० भन्दा कम काम भएका थिए भने एउटा योजना कार्यान्वयन हुन सकेन । सरसफाइ तथा ढल व्यवस्थापन कार्यक्रम अन्तर्गत दुई वटा योजना रहेकोमा ८० प्रतिशत काम भएको थियो । योजना कार्यान्वयनका लागि आयोजनामा जनश्रमदान समयमा परिचालन नहुनु, मर्मतसम्भार कोषमा ध्यान नहुनु, विद्युत् प्राधिकरणबाट टिओडी÷स्मार्ट मिटर समयमा उपलब्ध नहुनु र न्यून बजेट उपलब्धता, निकुञ्ज÷मध्यवर्ती क्षेत्रभित्र आयोजना सञ्चालनमा असहयोग जस्ता समस्या रहेको कार्यालयले जनाएको छ ।