• ८ मंसिर २०८१, शनिबार

बोराभित्र मानिसको शव भेटियो

blog

बिर्तामोड, असार १३ गते ।  झापाको अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी  ३५–४५ उमेर समूहको लाग्ने  युवकको लाश आइतबार साँझ  स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । 

अनुहारमा चोटले नचिनिने अवस्था भेटिएको र ३÷४ दिन पहिलेकै जस्तो भएकोले शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।  शरिरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको कुँवरले जानकारी दिनुभयो ।

आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हालसम्म प्रहरीकोमा कोहीपनि हराएको भनेर निवेदन समेत नआएको प्रहरीको भनाई छ । 


Author

लीलाराज खडका