• १३ असोज २०८१, आइतबार

राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलिया र इजरायलको राजदूत नियुक्त

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाललाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँहरुलाई आइतबार राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।