• २० असार २०८१, बिहिबार

चलचित्र कृष्ण लीलाको 'ए मेरो हजुर' सार्वजनिक

blog

काठमाडौं, असार ११ गते । नेपाली चलचित्र कृष्ण लीलाको 'ए मेरो हजुर' बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । 

गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय छ । रवि ओड र सुनिता कार्कीको स्वरमा रहेको गीतको संगीत डा. डि.आर. उपाध्यायले भर्नुभएको छ ।

त्यस्तै, सिलान लम्सालले सम्पादन गर्नुभएको भिडयो दीपक वलीले निर्देशन गर्नुभएको हो । भिडियोको कोरियोग्राफी माइकल चन्दले गर्नुभएको हो भने छायांकन उत्सव दाहालले गर्नुभएको हो । 

गीत सार्वजनिक भएपछि नायक पुष्प खड्काले मौसमसँग च्यालेन्ज गरेर भिडियो बनाइएकोले उत्कृष्ट रहेको बताउनुभयो । भिडियोको सुटिङ ५ हजार २ सय मिटिरको उचाईमा भएको हो । मोडेल श्रद्धा क्षेत्रीले गीतले राम्रो चर्चा पाउने बताउनुभयो । 

त्यस्तै, गायक रवि ओडले म्युजिक भिडियोको लागि भनेर गीत गाएपनि पछि फिल्ममा हाल्ने कुराले उत्साहीत बनाएको जानकारी दिनुभयो ।