कल्याणपुर समाचारदाता
कल्याणपुर (सप्तरी), भदौ ११ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको जिता नदीमा बाँध बाँधेर खेतमा पानी पु¥याइएको छ । गाउँपालिका–५, कुशहास्थित जीताखोलामा २५ मिटर लामो बाँध निर्माण गरी वडा नम्बर ४ र ५ का गरी पाँच सय बिघाभन्दा बढी खेतमा पानी पु-याएको हो ।
वडा नम्बर ५ का अध्यक्ष ललनप्रसाद राउतको अगुवाइमा अस्थायी बाँध निर्माण गरेर दुई वटा वडामा रहेको किसानको खेतमा सिँचाइ पु¥याइएको गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिनुभयो । उहाँले पर्याप्त वर्षा नभएर खडेरीको मार झेल्दै आएका किसानका लागि ठुलो राहत पुगेको बताउनुभयो ।
“धान रोपाइँ भइसकेको तर पानीको अभावले मर्न थालेको रोपोलाई खोलाबाट आएको पानीले जोगाएको छ,” उहाँले भन्नुभयो । वडा नम्बर ४ का अध्यक्ष मुनिलाल मुखियाले खोलाको पानी खेतमा पुगेपछि धानबाली सप्रिने विश्वास व्यक्त गर्नुहुँदै खडेरीको मारमा परेका किसान खुसी भएको प्रतिव्रिmया दिनुभयो । यसै गरी वडा नम्बर ५ का अध्यक्ष राउतले यस वर्ष रोपिएको धान पनि सुक्ने अवस्था आएपछि नदीमा बाँध बाँधेर सिँचाइको सुविधा पु¥याएको बताउनुभयो ।
चार दिनअघि गाउँपालिकाले खाँडोखोलामा अस्थायी बाँध निर्माण गरेर पानी खेतमा पु¥याइएको थियो । गाउँपालिका–१, तिलाठी र वडा नम्बर २ लौनियाँका पाँच सय बिघाभन्दा बढी खेतमा यसरी लगिएको पानीबाट सिँचाइ पुगेको छ । जीताखोलाको पानीले दुई वटा वडामा सिँचाइ पुगेसँगै चार वटा वडामा लगाइएको धानबाली जोगिने गाउँपालिकाका विपत् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो । उहाँका अनुसार खडेरीका कारण पीडित किसान अहिले हर्षित भएका छन् भने धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको रोपो हरियो फर्किएको छ ।