सियोल, भदौ ५ गते । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि तीन चरणको योजना अपनाउने वाचा गर्नु भएको छ । उहाँले सियोलले अमेरिकासँगको घनिष्ठ गठबन्धनका आधारमा संवादमार्फत प्योङयाङसँग काम गर्ने बताउनुभयो ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबासँगको शिखर वार्ताका लागि टोकियो भ्रमण गर्नुअघि एक अखबारसँगको अन्तर्वार्तामा राष्ट्रपति लीले पहिलो चरणको लक्ष्य उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रम स्थगित गर्नु रहेको बताउनुभयो । उहाँका अनुसार दोस्रो र तेस्रो चरणहरूले आणविक कार्यक्रमलाई पूर्णरूपमा घटाउने र ध्वस्त पार्ने लक्ष्य राख्छ । सियोलले वासिङ्टनसँग घनिष्ठ समन्वय गर्दै अन्तर-कोरियाली संवाद पुनः सुरु गर्न उपयुक्त अवस्था सिर्जना गर्ने प्रयास गर्ने उहाँले बताउनुभयो । रासस/क्युएनए