काठमाडौँ, भदौ ५ गते । १० वर्षपछि चिरञ्जीवी अधिकारीले कमब्याक गर्नुभएको छ ।
दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएका चिरञ्जीवी अधिकारीले दशकपछि पुनः नयाँ म्युजिक भिडियोसहित कमब्याक गर्नु भएको हो । उहाँ “तन दिए, मन दिए ” नामक थ्रिलर म्युजिक भिडियो मार्फत कमब्याक हुनुभएको हो ।
उक्त म्युजिक भिडियोमा उहाँ खलनायकको भूमिकामा देखिनुभएको छ । जसले दर्शकमा फरक अनुभूति दिने अपेक्षा गरिएको छ।