• १९ असार २०८१, बुधबार

दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

blog

केदार तिमल्सिना 

बनेपा, असार १० गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१० जनागालमा कार र यात्रुबाहक बस एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । तीन जना  गम्भीर घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकाअनुसार शुक्रबार दिउँसो करिब साढे १ बजेको समयमा बनेपाबाट काठमाडौँतर्फ जाँदैगरेको बा ७ च १५४५ नम्बरको कारले काठमाडौँबाट बनेपातर्फ आउँदैगरेको बा ३ क २८४४ नम्बरको बसलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले दुर्घटनामा काठमाडौँ–कलङ्की निवासी अन्दाजी ५५ वर्षीय ध्रुव सापकोटाको मृत्यु भएको बताउनुभयो । दुर्घटनामा घाईते हुनुभएका सापकोटाको उपचारको क्रममा बनेपास्थित भोमि अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा घाइतेहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको ट्राफिक प्रहरीले जनाएको छ । 

दुर्घटनामा कारचालक पाल्पा घर भएका ओमबहादुर रायमाझी, लक्ष्मी रायमाझी र काठमाडौँ कलङ्कीका गीता सापकोटा घाईते हुनुभएको छ । ओमबहादुरको बनेपाको भोमी र लक्ष्मी र गीताको बनेपाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।