• ३ भदौ २०८२, मङ्गलबार

निजामती सेवा विधेयकमा छलफल

blog

काठमाडौँ, भदौ ३ गते । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा ‘सङ्घीय निजामती सेवा विधेयक–२०८०’ माथिको सैद्धान्तिक छलफलमै सभाका सदस्यहरूबिच मतभेद देखिएको छ । सैद्धान्तिक छलफलमा सभाका सदस्यले मसौदा विधेयक, प्रतिनिधि सभाको प्रतिवेदन र राष्ट्रिय सभाले राखेको संशोधनबारे चर्चा गर्दा मतभेद भएको हो । विधायन समितिले आइतबारदेखि ‘सङ्घीय निजामती सेवा विधेयक–२०८०’ माथि छलफल सुरु गरेको छ । सैद्धान्तिक छलफलमा समितिका सदस्यहरू डा. अञ्जान शाक्य, घनश्याम रिजाल, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद अधिकारी, कृष्णबहादुर रोकायाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।