• ३ भदौ २०८२, मङ्गलबार

न्यू थापा होटलमा पुरूष मृत फेला

blog

सन्तोष दहित

दाङ, भदौ २ गते । दाङको राप्ती गाउँपालिका १, भालुवाङ पुल्चोकस्थित न्यू थापा होटलमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।

मृतक पुरूष महाकाली नगरपालिका १, दार्चुला निवासी वर्ष ५२ को जयधनसिंह बराल रहेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयो । 

आइतबार होटलमा बास बसेका बरालको मृत्युका विषयमा होटल सञ्चालकले सोमबार राति ८ बजे प्रहरीलाई खवर गर्नुभएको थियो । मृतक बरालको मृत्यु के कारणले भएको त्यो अझै खुल्न नसकेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो । मृतक बरालको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।