बेइजिङ, भदौ २ गते । टोकियोमा जापानी समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा वाडेफुलले चीनलाई ‘रुसी युद्ध मेसिनलाई समर्थन गरेको’ भन्दै आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “चीन रुसका लागि दोहोरो प्रयोगका सामानको सबैभन्दा ठुलो आपूर्तिकर्ता र तेल-ग्यासको प्रमुख ग्राहक हो । चीनको समर्थन बिना युक्रेनविरुद्धको युद्ध सम्भव हुने थिएन ।”
वाडेफुलले सोमबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र युरोपेली नेतासँग हुने वार्ताअघि भन्नुभयो, “युक्रेनका लागि दृढ सुरक्षा ग्यारेन्टी महत्त्वपूर्ण छन् ।” उहाँका अनुसार, शुक्रबार अलास्कामा भएको ट्रम्प-पुटिन शिखर सम्मेलनले पनि ‘न्यायपूर्ण र स्थायी शान्तिका लागि मस्कोले कदम चाल्नुपर्छ’ भन्ने देखाएको छ । उहाँले भन्नुभयो, “त्यो नभएसम्म युक्रेनलाई सहयोग बढाउन र रुसमाथि दबाब जारी राख्नुपर्छ ।” रासस/एएफपी