• ६ जेठ २०८१, आइतबार

गणपूरक सङ्ख्या नपुग्दा नगरसभा स्थगित

blog

नमराज सुवेदी

नुवाकोट, असार १० गते । विदुर नगरपालिकको दोस्रो नगरसभाको पहिलो अधिवेशन गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको नगरसभा सुरू हुने समयमा नगरप्रमुख राजनलाल श्रेष्ठले गणपूरक सङ्ख्या नपुगेका कारण सभा स्थगित भएको बताउनुभयो ।  

मेयर श्रेष्ठले अर्को नगरसभा असार १४ गते जिल्ला समन्वय समिति नुवाकोटको सभाहलमा हुने जानकारी दिनुभयो । नेकपा (एमाले) बाट निर्वाचित केही जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा स्थगित भएको बताइएको छ । 

नगरप्रमुख श्रेष्ठले कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन गर्न नदिई सोझै पारित गर्न लागेको एमालेबाट निर्वाचित वडा २ का वडाअध्यक्ष दीपक कायस्थले बताउनुभयो । ६७ सिटको नगरसभामा एमालेका ३७ जना प्रतिनिधि छन् । कार्ययोजना अध्ययनका लागि वितरण गरेर मात्र नगरसभा बैठक बोलाउनुपर्ने उहाँहरुको भनाइ छ ।