शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, भदौ १ गते । रामेछाप जिल्लाको हेलाम्चो आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४.० स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापमा ४.० रेक्टरको भूकम्प गएको र हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ ।